मणिपाल प्रकरण: प्रहरीले अझै भेटेन फरार १० आरोपी
पाेखरा | मंसिर १०, २०८०
पाेखरा: मणिपाल अस्पतालमा उपचारका क्रममा असोज ८ गते ५७ वर्षीया सुकमाया दुराको मृत्युपछि भएको तोडफोडमा संलग्न मानिएका १० जना आरोपीलाई कास्की प्रहरीले अझै फेला पार्न सकेको छैन ।
लमजुङ सुन्दरबजार निवासी दुराको उपचारकाक्रममा निधन भएपछि उनका आफन्तजन आक्रोशित भई विरोधमा उत्रिएका थिए । आफन्तलाई साथ दिँदै अस्पताल तोडफोड गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले १९ जनालाई दोषी करार गरेको थियो ।
उक्त १९ जनामध्ये ९ जनालाई पक्राउ गरी कास्की प्रहरीले मुद्धा चलाएको थियो । जसमध्ये सातजना धरौटीमा छुटिसकेका छन् भने २ जना पुर्पक्षमा रहेका छन् । जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार विकले १० अझै फरार रहेको बताए ।
फरारको सूचीमा पोखरा ८ का गौरव बराल, पोखरा २ का गिरे हिपहप भनिने गिरबहादुर पुन, पोखरा १५ का प्रेमलाल पुन, पोखरा ६ का सागर परियार, पोखरा १७ का पशुपति भट्टराई, पोखरा ९ का हम्पे भनिने नवीन लामा, पोखरा ३ का सुजन अधिकारी, पोखरा १० का चुमन गुरुङ, पोखरा ११ का पागल अर्थात आशिष भनिने कार्लोस गुरुङ र पोखरा २३ का उत्तम भण्डारी रहेका छन् ।
अस्पताल तोडफोडपछि पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो ।
त्यसका बाबजुद कास्की प्रहरीले असोज ८ गते असोज १२ तथा अन्य मितिमा गरेर ९ जनालाई पक्राउ गरेको थियो । मणिपाल प्रकरणमा १९ जना दोषी देखिएपछि कास्की प्रहरीले जिल्ला अदालतबाट १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
यसैबीच, मणिपालको सोही प्रकरणमा चिकित्सक कुटिएको घटनामा जिल्ला अदालत कास्कीले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिलको कार्यालयले चिकित्सक कुटपिट गर्ने ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएको हो ।
जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि पठाउने पर्याप्त आधार हुँदाहुँदै धरौटीमा छाडिएको भन्दै मंसिर ७ गते उच्च अदालत पोखरामा निवेदन परेको हो ।
उक्त निवेदन उपर आदेश गर्दै शुक्रबार उच्चका न्यायाधीश धनसिंह महराको इजलासले जिल्ला अदालतसँग कैफियत माग गर्ने आदेश गरेको उच्चका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विश्व अर्यालले जानकारी दिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

